जेठ ६, २०८१ आइतबार May 19, 2024

प्रचण्ड र विप्लवबीच भेटवार्ताः तीन बुँदे सहमति कार्यान्वयन हुने आश्वासन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उनकै निवास खुमलटारमा भेट्न पुगेका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ओली सरकारसँग गरिएको ३ बुँदे सहमति कार्यन्वयन हुने आश्वासन पाएका छन् ।

राष्ट्रिय सभा गृहमा सरकार पक्ष र विप्लव समूहबीच भएको ३ बुँदे सहमति कार्यान्वयनका विषयका सन्दर्भमा कुराकानी गर्न विप्लव बुधबार प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

भेटमा प्रचण्डले ओली सरकारमा भएका ती ३ बुँदे सहमतिहरु कार्यान्वयन हुने बताएका छन् । यसका साथै, दुई नेताबीचमा गम्भीर छलफल पनि भएको छ ।

भेटमा प्रचण्डले विप्लवलाई भने, ‘ओली सरकारसँग गर्नुभएको ३ बुँदे सहमति कार्यान्वयन हुन्छ । त्यतिबेला दुई पक्षबीच शान्ति सम्झौताको सहमति भए पनि पालना नहुँदा बन्दी रिहा र मुद्धा हुन सकेका छैनन् । तर, अब ती सहमति पालना गर्न सरकार प्रतिद्धत हुन्छ । र, आवश्यक सहयोग गरिन्छ।’

प्रचण्डले देउवा सरकारले उक्त सहमति पूर्ण रुपमा कार्यान्वयन गर्ने भनेपछि महासचिव विप्लव खुसी देखिन्थे । त्यसपछि दुईबीचमा निकैबेर पछिल्लो राजनीतिक घटनाक्रमका विषयमासमेत छलफल भएको छ ।

गत फागुन २१ गते सरकार र विप्लव पक्षबीच ३ बुँदे सहमति भएको थियो । सहमति बमोजिम बन्दीमा रहेका सबै नेता तथा कार्यकर्ता रिहा गर्ने भनिएको थियो । तर, हालसम्म उक्त सहमति कार्यान्वयनमा आएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया