काठमाडौंः युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड आज सम्पन्न भएको छ ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २१ लाख ८२ हजार ७ सय ७५ आवेदन मध्ये दोहोरो आवेदनका कारणबाट रद्ध भएका ४ हजार ८ सय १ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ६५ हजार १ सय ७५ बाहेक बाँकी रहेका योग्य आवेदनहरु २१ लाख १२ हजार ७ सय ९९ वटा मध्येबाट ५ लाख ८० हजार ५ सय जनालाई न्यूनतम १० इकाई बाँडफाँड गरिएको छ ।
प्रभु क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई असार २४ गतेदेखि २८ गतेसम्म सार्वजनिक निष्काशन खुला गरिएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशनमा निष्काशन गरिएको हो ।
कूल शेयर ६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब ५.९२ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया