जेठ ६, २०८१ आइतबार May 19, 2024

विप्लवका नेता हेमन्तप्रकाश ओलीलाई रिहा गर्न सर्वोच्चको आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओलीलाई रिहा गर्न आदेश दिएको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले ओलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

हातहतियार खरखजाना, विष्फोटक पदार्थ, राजद्रोह र संगठित अपराध मुद्दामा जिल्ला अदालत ललितपुरले २०७६ जेठ १० गते वलीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उच्च अदालत पाटनले जिल्लाको आदेश सदर गरेसँगै उनी लामो सयमदेखि नख्खु कारागारमा थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया