काठमाण्डौः प्रदेश नं २ का प्रमुख डा. राजेश अहिराजले आज दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ भने दुई फिर्ता पठाउनुभएको छ ।
प्रदेशसभाबाट पारित भई आएका ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८’ र ‘विनियोजन विधेयक २०७८’ प्रमाणीकरण गरिएको हो ।
त्यसैगरी उहाँले स्वास्थ्यसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता पठाउनुभएको हो ।
डा. अहिराजले यसअघि पनि ती विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाउनुभएको थियो । ती विधेयकमा केही बुँदा परिमार्जन गर्नुपर्ने भएको हुँदा फिर्ता पठाइएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । -रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया