जेठ ६, २०८१ आइतबार May 19, 2024

संसदबादी शक्तिहरुसँग सम्बन्ध बढाँउदै विप्लव – दुई दिनमै तीन दलका शिर्षनेतासँग वान टु वान् भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द्र विप्लव र जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला कञ्चनलाई लिएर विप्लवले शुक्रबार विहान भट्टराईको निवास टोखा पुगेर भेटवार्ता गरेका हुन् । पछिल्लो समय विप्लवले राजनीति भेटघाटलाई तीव्र बनाएका छन् ।

विप्लवले पूर्ववत् सरकारले आफूहरूसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा नेताहरुसँग चासो राख्दै आएका छन् । ओली सरकारसँग तीनबुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका​ विप्लवले भेटघाटमा तीव्रता दिएपछि​ पूर्वमाओवादी समूहरूको एकता बहसमा आएको छ ।

यसअघि हिजो नै मात्र महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया