जेठ ६, २०८१ आइतबार May 19, 2024

देउवालाई विश्वासको मत नदिने स्थायी समिति बैठकको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

शुक्रबार ललितपुर स्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टीको यो निर्णय मान्न सांसदहरुलाई निर्देशन पनि बैठकले दिएको छ ।

‘अब नेकपा एमाले देश र राष्ट्रियताको पहरेदार, लोकतन्त्र र संविधानको रक्षक, जनताको हितप्रति अटल रहँदै सक्रिय र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने छ,’ प्रवक्ता ज्ञवालीले भने,’ अलोकतान्त्रिक एवं अस्वस्थ विधिबाट गठन सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका प्रतिनिधिसभा सदस्यहरुलाई पार्टीको निर्णय मान्न निर्देशन दिएको छ ।’

त्यस्तै पार्टीको समस्या समाधान गर्न गठित १० सदस्यीय कार्यदलले गरेको दस बुँदे सहमति स्थायी कमिटी बैठकले अनुमोदन गरेको छ । ज्ञवालीका अनुसार सहमति अनुमोदन भएसँगै कार्यदल विघटन समेत गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया