जेठ ६, २०८१ आइतबार May 19, 2024

ट्वीटर ह्याण्डीलको नौटंकीपुर्ण हल्ला सकियो होला कि नाई ? – गोकुल बास्कोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले परमादेश सरकारको पूर्णता नभई एमालेको विवादको अन्तिम पटाक्षेप नहुने बताएका छन् ।

आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा शनिवार बिहान एक ट्वीट लेख्दै नेता बाँस्कोटाले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीका माधव नेपाल समूहपनि सहभागी हुने संकेत गरेका छन् ।

उनले अघि भनेका छन्- “ट्वीटर ह्याण्डीलको नौटंकीपुर्ण हल्ला सकियो होला कि नाइं ? तर परमादेश प्रमको गठबन्धन ह्यण्डील चै कांग्रेस ९ प्रमुख भाई कांग्रेस ६ कम्फरटेवल कम्युनिष्ट ५ जसपा बाह्र भाई ५ हुने सम्झौता भयो भन्ने छ।परमादेश सरकारको पुर्णता नभै एमाले बिवादको अन्तिम पटाक्षेप नहुने। बल देऊ भिमसेन -एकता!!”

नेता बाँस्कोटाले एकताको लागि बल देउ भन्दै भीमसेन गुहारेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया