श्रावण १, २०८२ बिहिबार July 17, 2025

ललितपुर महानगरपालिकाको बजेट पारितः पूर्वाधार र सम्पदा संरक्षण प्राथमिकतामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८-०७९ का लागि पाँच अर्ब ५५ करोड ५५ लाखको बजेट पारित गरेको छ । महानगरपालिकाको सम्पन्न छैटौँ नगरसभाले सो बजेट पारित गरेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार विनियोजित बजेटमध्ये चालू खर्चतर्फ रु ९१ करोड ६१ लाख ५७ हजार र पूँजीगत खर्चतर्फ रु तीन अर्ब २४ करोड ३० लाख छुट्याएको छ ।   पूर्वाधार र मूर्त तथा अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेको प्रमुख महर्जनले बताउनुभयो । “पूर्वाधार निर्माणसँगै मूर्त तथा अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो, “विकास सूचकांकको आधारमा महानगरपालिकाले वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको छ ।”

वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन 

महानगरपालिकाले वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको छ । १३ वटा वडालाई सबैभन्दा बढी रु तीन करोड २५ लाख, आठ वटा वडालाई रु दुई करोड ५० लाख र सातवटा वडालाई रु दुई करोड १५ लाख बजेट विनियोजन गरिएको छ।

महानगरपालिकाका प्रमुख महर्जनका अनुसार वडा नं १२, १६, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ मा रु तीन करोड २५ लाख, बडा नं २, ३, ४, ५, ९, १३, १५ र १७ मा रु दुई करोड ५० लाख तथा वडा नं १, ६, ७, ८, १०, ११ र १९ मा दुई करोड १५ लाखका दरले बजेट विनियोजन भएको छ ।

महानगरपालिका बनाउने क्रममा गाभिएका वडामा धेरै काम गर्न बाँकी रहेकाले बढी बजेट विनियोजन गरिएको प्रमुख महर्जनले बताउनुभयो । यसैगरी महानगपालिकाले महानगरीय योजनाअन्तर्गत वडा नं ११ मा विद्युतीय शवदाह गृह निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ । शवदाह गृह सञ्चालनका लागि शवदाह यन्त्र सहयोगस्वरुप प्राप्त गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी महानगरपालिकाले लगनखेलस्थित सप्तपातल र राजदलगण परिसरमा रहेको पोखरी निर्माणका लागि रु पाँच करोड बजेट छुट्याएको छ । वडा नं २१ मा रुद्रायणी र वडा नं १३ मा पञ्चेश्वर महादेव मन्दिर पुनर्निर्माण, वडा नं २४ मा आयुर्वेदिक अस्पताल र वडा नं २७ स्थित कृष्ण मन्दिर पुनर्निर्माणसमेत यस आवमा शुरु गरिने महानगरपालिकाको योजना छ ।

महानगरपालिकाले चक्रपथमा स्मार्ट सडकबत्ती जडानका लागि रु सात करोड र कोभिड विशेष कार्यक्रमका लागि रु पाँच करोड छुट्याएको प्रमुख महर्जनले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार