श्रावण १, २०८२ बिहिबार July 17, 2025

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा ४ अर्ब ११ करोड राजस्व संकलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/ ७८ मा ४ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो ।

कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ १ अर्ब ८१ करोड रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ८५ करोड रुपैयाँ , अन्तःशुल्कतर्फ  ४४ करोड रुपैयाँ र स्वास्थ्य सेवा करबापत ९२ लाख रुपैयाँ संकलन भएको बताए।

अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि भएको उनको भनाइ छ । अघिल्लो वर्ष कार्यालयले ३ अर्ब १ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो ।

उनले भापा, इलाम, पाँचथर र ताप्लेजुङका करदाताबाट कोभिड–१९ को विषम परिस्थितिमा पनि लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको जानकारी दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार