श्रावण १, २०८२ बिहिबार July 17, 2025

सहजपुर-बोगटान सडकको निर्माण कार्य तीव्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः डोटी जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान–दिपायल सडकको काम अहिले तीव्र रुपमा सञ्चालन भइरहेको छ । कोरोना महामारीका कारण सरकारले गरेको निषेधाज्ञामा केही खुकुलो बनाएसँगै उक्त सडक स्तरोन्नतिसहित कालोपत्रका लागि तीव्ररुपमा तयारी भइरहेको छ ।

अहिले उक्त सडकका विभिन्न खण्डमा कामदारले दैनिकरुपमा नाली निर्माणदेखि सडक चौडा पार्ने तथा कालोपत्रका लागि गिट्टी फिँजाउने कार्यलाई तीव्रता दिइएको छ । पिआरएल–कुमार जेभीसँग रू. दुई अर्ब २५ करोडमा ५० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का भएको उक्त सडकमा धामधम काम सञ्चालन भएकाले चाँडै नै सम्पन्न हुने भएपछि यहाँका नागरिक खुशी भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ को फागुनमा स्तरोन्नतिसहित कालोपत्रका लागि शिलान्यास गरेको उक्त सडक निर्माण कार्यमा रुख काट्नुपर्ने भएपछि वन मन्त्रालयले रुख काट्न अनुमति नदिएका कारण काममा अवरोध भएको थियो ।

उक्त सडकमा गग फागुनमा तत्कालीन संघीय वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले उक्त सडकमा पर्ने रुख काट्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेका थिए ।

मन्त्रिपरिषद्को बैठकले सहजपुर–बोगटान–दिपायल सडकमा पर्ने रुख कटानका लागि अनुमति दिने निर्णय गरेसँगै कामले पुनः तीव्रता पाएको हो । कोरोना महामारीका कारण समय–समयमा काममा केही अवरोध भए पनि अहिले सहज भएपछि कामले तीव्रता पाएको चुरे गाउँपालिका–१ का बासिन्दा इन्द्रबहादुर छेडालले बताए ।

उनले भने, ‘कोरोना महामारीले काममा केही समस्या गरेको थियो, अहिले परिस्थिति केही सहज बनेपछि पुनःकामले तीव्रता पाएको छ, अब चाँडै काम सम्पन्न हुन्छ होला ।’ कैलालीको सहजपुरदेखि डोटीको बागछेडासम्म निर्माण तथा कालोपत्र भइरहेको उक्त सडक खण्डमा अहिले नाली निर्माण गर्ने, सडकमा गिट्टी फिँजाउने तथा सडक चौडा बनाउने काम भइरहेको बडिकेदार गाउँपालिका–१ बिपीनगरका बासिन्दा चक्रबहादुर भाटले बताए ।

तत्कालीन मन्त्री आलेको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले उक्त सडक निर्माणमा अवरोध भएका तीन हजार ३५७ रुख काट्ने अनुमति दिएपछि अहिले सडक क्षेत्रभित्रका रुख पनि काटिन थालेका छन् । कैलाली र डोटीका विभिन्न क्षेत्र जोड्ने उक्त सडक समयमै निर्माण सम्पन्न भए यहाँका नागरिकले आफूले उत्पादन गरेका साग तरकारीदेखि अन्य फलफूल बजारसम्म पु¥याउन निकै सहज हुँने सहजपुरका बासिनदा सुरतबहादुर शाहले जानकारी दिए ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले सहजजुर बोगटान सडकको इआइएसमेत स्वीकृत गरेपछि काममा झन सहज भएको सडक निर्माण कम्पनी पिआरएल–कुमार जेभीले जानकारी दिएको छ ।

कुल १४० किलोमिटर लम्बाई रहेको सो सडकमा तत्काललाई ५० किलोमिटर कालोपत्र गर्ने गरी काम अगाडि बढाइएको छ । अहिले वनको कुनै अवरोध नरहेको स्थानमा नाली निर्माणलगायत अन्य सडक निर्माणको कामलाई तीव्रता दिइएको आयोजना कार्यालयले जानकारी दिएको छ ।

उक्त सडक खण्डअन्तर्गत कैलालीको सडक खण्डमा पर्ने कम्तीमा पनि ४३८ र डोटीको सडक खण्डमा पर्ने तीन हजार ३५७ भन्दा बढी रुख कटानका लागि वन विभागसँग सम्झौतासमेत भइसकेकाले कामले तीव्रता पाएको सहजपुर–बोगटान–दिपायल सडक योजना कार्यालयका योजना प्रमुख ईश्वर बस्नेतले बताए ।

वनको अवरोधसँगै जग्गाको मुआब्जामा देखिएको समस्या पनि समाधान भइरहेका कारण अब उक्त सडकको निर्माण कार्य रोकिने समस्या समाधान भएको बताइएको छ । एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा उक्त निर्माण हुन लागेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार