असार २२, २०८२ आइतबार July 6, 2025

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै (सम्भावित कार्यसूची)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ‌ंः सर्वोच्च अदालतको आदेशानुसार पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सर्वोच्च अदालतको आदेशअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले आज (साउन ३ गते) अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

अन्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्ने बैठकका लागि संसद सचिवालयले कार्यसूची तोकेको छ । सभामुख अग्निप्रसाद सापकोटाले पुनर्स्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेको बताउँदै यसका लागि दलहरुबीच एकता हुनु जरुरी रहेको बताउनुभएको छ ।

आजको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा सभामुख सापकोटाले राष्ट्रपति भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने र राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाउने कार्यसूची छ ।

यसैगरी सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची समेत छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार