असार २९, २०८२ आइतबार July 13, 2025

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । २४९ उपस्थित हुनु  सो क्रममा भएको मतदानमा उहाँको पक्षमा १६५  मत खसेको छ भने विपक्षमा  ८३  मत परेको थियो । साथै    एक संसद तटस्थ रहनुभएको थियो । प्रधानमन्त्री देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त हुनु भएकाे थियाे ।

यसैबीच विश्वासको मत पाउनु अघि प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले राखेको विश्वासको मत माग्ने प्रस्तावमा समर्थन जनाउने दललाई धन्यवाद व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा दलीय रुपमा दलका नेताहरुले समर्थन गर्ने प्रतिवद्धता जनाउनुभएपछि संसदमा उठेको जिज्ञासाको जवाफ दिनुहुँदै प्रधानमन्त्री देउवाले धन्यवाद व्यक्त गर्नुभएको हो ।

प्रतिनिधिसभा विघटन गर्न कसैले नसकोस् भनेरै संविधानको धारा ७६ उपधारा ५ राखिएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतको नेपाली भूभागसहितको नक्सा छाप्ने र भूमि फिर्ता ल्याउने काममा सबै दलको साझा सहयोग रहेको बताउनुभयो । त्यसकालागि आफू नेतृत्वको सरकारले पनि पहल लिने बताउनुभयो ।

संविधान समावेशी र समानुपातिक चरित्रको भएको प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री देउवाले अझै जनजाति, थारु, मधेसको मुद्दा सम्बोधनका लागि आफूले दलसँग छलफल गर्न तयार रहेको बताउनुभयो । सबै नेपालीको साझा देश नेपाल भएकाले सबैको माग सम्बोधन गरिने बताउनुभयो । सबैको माग सुनुवाई गर्नकैलागि समावेशी संविधान निर्माण गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

अहिले कोरोना महमारी कायमै रहेकाबेला बाढी पहिरोको प्रकोपले समस्या पारिरहेकाले सबैले मिलेर समस्याको समाधानमा लाग्नुपर्ने उहाँले बताउनुभयो । विकासभन्दा अघि जनताको जीवन बचाउन आवश्यक भएकाले उहाँले खोपको उचित प्रबन्ध गरिने बताउनुभयो । छिमेकी देशसँग राम्रो सम्बन्ध बनाउँदै अन्य देशसँग पनि सहकार्य सुमधुर बनाउनेमा ध्यान दिने उहाँले प्रष्ट पार्नुभयो ।

अगाडिका दिन चुनौतिपूर्ण रहेकाले सबै दल सँगै मिलेर जानुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री देउवाले चर्चा गर्नुभयो । सकेसम्म सहमतीको राष्ट्रिय सरकार बनाउँ भन्दै प्रधानमन्त्री देउवाले एमाले दललाई सहमतिमा आउन आव्हान गर्नुभयो । अहिलेको आवश्यकता पनि त्यही भएको उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार