असार २८, २०८२ शनिबार July 12, 2025

नेपाली संसदीय इतिहासकै पहिलो र ठूलो ‘फ्लोर क्रस’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना प्रतिनिधिसभा सदस्यले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

एमालेको संसदीय दलको बैठकले ह्वापी जारी गरेर विश्वासको मतको विपक्षीमा मतदान गर्न निर्देशन दिएको थियो ।

नेपालको संसदीय इतिहासमा यति धेरै संख्यामा फ्लोर क्रस गरेको पहिलो पटक हो । संघीय संसदको यो नै पहिलो फ्लोर क्रस हो ।

यसअघि कर्णालीमा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जोगाउन एमालेका चार सांसदले फ्लोर क्रस गरेका थिए ।-अन्नपूर्ण पोस्टबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया