असार २८, २०८२ शनिबार July 12, 2025

प्रधानन्यायाधीश राणालाई सुरक्षा चुनौती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ । संसद् विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपक्षमा फैसला आएपछि उहाँलाई दिँदै आएको सुरक्षामा थप गरिएको छ ।

राणालाई सुरक्षा चुनौती बढेको भन्दै वर्तमान सरकारले उहाँको सुरक्षामा ध्यान दिँदै थप सुरक्षाकर्मी परिचालन गरेको छ । उहाँको निजी निवासमा पनि सुरक्षाकर्मी बढाइएको छ भने सरकारी निवासमा समेत सुरक्षाकर्मी बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।

‘अहिले उहाँमा सुरक्षा चुनौती बढेकाले थप सुरक्षाकर्मी परिचालन गर्नू भन्ने गृह मन्त्रालयको आदेश आएपछि एक कम्पनी सुरक्षाकर्मी थप गरेका छौं ।’ -ती सुरक्षा अधिकारीले भने ।

संसद् पुनःस्थापनापछि सार्वजनिक सडकमा उहाँको सवारी हुँदा सुरक्षाकर्मीको स्कटिङ पनि अघिपछिको भन्दा बढी देखिएको छ ।(नेस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया