असार २८, २०८२ शनिबार July 12, 2025

भीम रावलको राजीनामा फिर्ता गराउन प्रदेशका मन्त्रीसहितको टोली डेलिगेसनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेपछि सुदूरपश्चिमका एमाले नेताहरू काठमाडौं आएका छन्। उनीहरू रावलको राजीनामा फिर्ता गराउन र माधव नेपाल समूह नछाड्न दबाब दिन काठमाडौं आएका हुन्।

सुदूरपश्चिमका केन्द्रीय सदस्य, प्रदेश सांसद र प्रदेशका मन्त्रीसहितको १७ जनाको टोली यति बेला काठमाडौंमा छन्। मंगलबार साँझ उनीहरूले नेता रावललाई भेटेका छन्।

बुधबार बिहान नेता नेपालसँग भेट्ने तयारी छ। मन्त्री प्रकाशबहादुर शाह, दीर्घराज सोडारीसहितका नेताहरू काठमाडौं आएका हुन्। रावलले शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता नेपालको निर्णयमा असहमति जनाउँदै आइतबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया