काठमाडौंः नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ ।
नेकपाका संस्थापक पुष्पलालको स्मृतिमा विभिन्न कम्युनिष्ट घटकहरुले विभिन्न कार्यक्रम आयोजना गरि मनाउने गरेका छन् । आज दिउँसो नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा स्मृति दिवस मनाउदै छ ।
वि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरमा जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । उनले विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपालीमा अनुवाद गरेर ऐतिहासिक काम गरेको थिए । उनको निधन २०३५ साल साउन ७ गते भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया