श्रावण ३, २०८२ शनिबार July 19, 2025

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

तीन दिनदेखि जारी बैठक दिउँसो ३ बजेपछि शुरु हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा बैठक बस्नेछ ।

बैठकमा पार्टी एकता बलियो बनाउने र आगामी दिनमा कसरी पार्टी सङ्गठनलाई सुदृढ बनाउने भन्ने बारेमा नै छलफल हुने उहाँले बताउनुभयो । हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्न आफू तत्पर रहेको बताएका थिए ।

पार्टीको नीतिविपरीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णयअनुसार उनीहरूलाई हिजो नै पत्र पठाइएको र जवाफ आएपछि थप निर्णय गर्ने एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

वरिष्ठ नेता नेपाल पक्षका सांसदहरूको हिजो बसेको बैठकले भने आफूहरू विरुद्धका नाराबाजी रोकेर पार्टी एकताको पहल गर्न ओलीलाई अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार