श्रावण १, २०८२ बिहिबार July 17, 2025

दिक्तेल रुपाकोट मझुवागढीको वित्तीय प्रगति ८६ प्रतिशत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वित्तीय प्रगति ८६.२५ प्रतिशत भएको छ ।

आर्थिक वर्ष २०७७-७८ का लागि रु ९३ करोड ४६ लाख ६८ हजार विनियोजन गरिएकामा रु ९२ करोड ३८ लाख ७९ हजार आम्दानी हुँदा पुँजीगततर्फ ८१.१३ प्रतिशत र चालू तर्फ ८९.७० प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ । कूल विनियोजित बजेटमध्ये पुँजीगततर्फ रु ३० करोड ५४ लाख २२ हजार र चालूतर्फ रु ५० करोड सात लाख ५७ हजार गरी रु ८० करोड ६१ लाख ७९ हजार खर्च भएको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिनुभयो ।

विश्वभर फैलिएको कोरोना महामारीका कारण नगरपालिकाले लिएको वित्तीय लक्ष्य हासिल गर्न नसकिएको नगरप्रमुख रिजालले बताउनुभयो । यसैबीच आर्थिक वर्ष २०७७÷७८ सम्ममा नगरपालिकाको पाँच वडाका ११५ रोपनी बाँझो जग्गामा नगदेबालीको खेती लगाइएको छ ।

‘बाँझो जमीनमा खेतीको लागि अनुदान’ कार्यक्रम अन्तर्गत वडा नं १ दिक्तेल, ६ नेर्पा, वडा नं ११ खार्मी, वडा नं १२ जालपा र वडा नं १४ बुइँपामा रहेको बाँझो जग्गामा अदुवा, बेसार, अलैँची, फलफूल तथा खाद्यान्नबाली लगाइएको हो । तीन वर्षदेखि बाँझिएको जग्गालाई कृषि कर्ममा उपयोगमा ल्याउनका लागि नगरपालिकाको बाँझो जमीन उपयोगसम्बन्धी कार्यविधि–२०७७ बमोजिम दश किसानलाई अनुदान उपलब्ध गराइएको छ ।

कृषि पकेट क्षेत्र विकास कार्यक्रमअन्तर्गत स्थानीय सम्भाव्यता एवं राष्ट्रिय महत्वका आधारमा ‘एक वडा, एक कृषि पकेट कार्यक्रम’ सञ्चालन गरेर किसानलाई व्यावसायिक कृषि प्रणालीतर्फ उन्मुख गराइएको हो । चालू आर्थिक वर्षदेखि तिनै कृषि पकेटबाट उत्पादित उपजलाई लेबलिङ र प्याकेजिङ गरेर बजारमा बिक्री वितरण गर्ने वातावरण बनाउन युवालाई कृषि व्यवसायमा लगाइएको छ ।

आधुनिक प्रविधियुक्त कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले युवा उद्यमी कृषि विकास कार्यक्रमबाट नमूना कृषि तथा पशुपक्षी फार्म निर्माण गरिएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार