श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेकपा (माओवादी केन्द्र) पार्टीको नाम परिवर्तन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) पार्टीको नाम परिवर्तन भएर नेकपा (माओवादी केन्द्र समाजवादी) बनेको छ । सो पार्टीका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको बताईएको छ ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेकपा (माओवादी केन्द्र समाजवादी) को श्रावण ४, ५ र ६ गते बसेको बैठकले पार्टीको केन्द्रिय समितिको बैठकले नाम परिवर्तन तथा आन्दोलनका आगामी कार्यक्रम घोषणा गरेकोबारे जानकारी दिईएको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष कर्णजित बुढाथोकीले वस्तुगत अवस्थाका कारण पार्टीको नाम परिवर्तन गर्नुपरेको स्पष्ट पारे । उनले कम्युनिष्ट सम्मेलनको आयोजना गर्ने जानकारी दिँदै भने,‘पार्टीको बैठकले कम्युनिष्ट सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ ।’ अध्यक्ष बुढाथोकीले पार्टीको ९औँ महाधिबेशन आगामी फाल्गुण १ देखि ३ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

उनले २ तिहाई प्राप्त कम्युनिष्ट सरकार प्रचण्ड, केपी ओली र माधव नेपालको अदुरदर्शीता, असक्षमता र व्यक्तिगत स्वार्थकै कारण देश दक्षिणपन्थीहरुको हातमा पुगेको टिप्पणी गरे । बुढाथोकीले ‘वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढौँ’ भन्ने नाराका साथ साउन २५ गते ७ वटै प्रदेशमा समाजवादी जनजागरण अभियान उद्घाटन गर्ने निर्णय भएको जानकारी दिए । माओवादी पार्टी र शक्तिसँग कार्यगत एकता, रणनैतिक मोर्चा र पार्टी एकतासम्म पु¥याउने बैठकले निर्णय गरेको सुनाए ।

नेपालको संसदीय व्यवस्थाले प्रतिगमनको दिशातिर यात्रा गरेको उनको भनाई थियो । सीमा अतिक्रमण, शिक्षा र स्वास्थ्य रोजगारको आधारभूत समस्या विकराल बन्दै गएको उनको तर्क थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार