श्रावण १, २०८२ बिहिबार July 17, 2025

नगरप्रमुख र उपप्रमुखको विवादले बजेट पारित हुन सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जुम्लाको चन्दननाथ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको विवादले बजेटले पूर्णता पाउन सकेको छैन ।  नगरपालिको बजेटसहित सेवा प्रवाहका काम पनि प्रभावित भएका छन् ।

नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपानेबीचको विवादका कारण आर्थिक वर्ष २०७८-७९ को बजेटसमेत आउन नसकेको जनाइएको छ । नगरप्रमुख सेजुवालले बहुमतले गत असार ३१ गते बजेट पारित गरिएको बताउनुभयो ।

नगर उपप्रमुख न्यौपानेले नगरपालिको बजेट पारित नभएको जानकारी दिनुभयो । वैधानिकरूपमा बजेटमा हुने छलफल हुन सकिरहेको अवस्था नरहेको कर्मचारी बताउँछन् ।

प्रमुख र उपप्रमुखको  विवाद थेग्न नसक्दा नगरपालिकाका कर्मचारीलाई समेत काम गर्न कठिन भएको बताइएको छ ।

नगरपालिकाको राजश्व शाखामा राजश्व बुझाउन आएका सेवाग्राही पनि कठिन भएको बताउँछन् । राजश्व परामर्श समितिको बैठक नबस्दा राजश्व उठाउनसमेत कठिन भएको जनाइएको छ ।

आन्तरिक विवादका कारण नगरपालिकाले पछिल्लो तीन वर्षमा सार्वजनिक सुनुवाइसमेत गर्न सकेको छैन । नगरवासी नगरपालिकाले गरेका कामको जानकारी नभएको भन्दै आक्रोशित हुँदै आएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार
जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त
२०८२ श्रावण १, बिहिबार
देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
२०८२ श्रावण १, बिहिबार
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार