श्रावण १, २०८२ बिहिबार July 17, 2025

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले गत आर्थिक वर्ष २०७७-७८ मा रु पाँच अर्ब ५२ करोड ८२ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ ।

सो कार्यालयले अघिल्लो आव २०७६-७७ को तुलनामा गत आवमा बढी राजस्व सङ्कलनसमेत गरेको बताइएको छ । आव २०७६-७७ मा रु चार अर्ब ७८ करोड ७३ लाख ४० हजार राजस्व सङ्कलन भएको थियो ।

कार्यालयले लक्ष्यको तुलनामा बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख शालिकराम आर्चायले जानकारी दिनुभयो । कार्यालयले गत आव २०७७-७८ मा रु पाँच अर्ब ३९ करोड ९४ लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा त्योभन्दा बढी रु पाँच अर्ब ५२ करोड ८२ लाख ४८ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

कोरोना प्रभावले सबै क्षेत्र समस्यामा हुँदा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएकोले कार्य सन्तोषजनक रहेको प्रमुख आचार्यले बताउनुभयो । आव २०७७-७८ को साउनदेखि असार मसान्तसम्ममा आयकरतर्फ रु ९५ करोड ९१ लाख ३८ हजार लक्ष्य रहेकोमा रु एक अर्ब नौ करोड ५२ लाख ८३ हजार, बहाल करतर्फ रु तीन करोड १९ लाख ६३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु दुई करोड ६१ लाख १८ हजार तथा ब्याजकरतर्फ रु दुई करोड ६१ लाख १८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु चार करोड सात हजार सङ्कलन भएको थियो ।

मूल्य अभिवृद्धिकरतर्फ रु ९१ करोड ५४ लाख ७९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु एक अर्ब ३२ करोड ३० लाख ७५ हजार सङ्कलन भएको बताइएको छ । यसैगरी अन्तः शुल्कतर्फ रु तीन अर्ब १४ करोड ५४ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु दुई अर्ब ८६ करोड ९० लाख २१ हजार सङ्कलन भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार