श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेकपा महासचिव विप्लव र जसपा अध्यक्ष महन्त ठाकुरबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान भएको सो भेटवार्तामा दुवै पार्टीले तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग भएको सहमति कार्यान्वनका बिषयमा छलफल गरेका थिए । केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिअनुसार दुवै पार्टीका नेता कार्ताहरुमाथि लगाइएको मुद्दा खारेज नभएको र बन्दीहरु रिहा नभएको स्थितिमा दुवै दलले संयुक्त रुपमा पहल गर्ने सहमति भएको छ।

जसपाको उपस्थिति संसदमा समेत भएकोले उसले केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिको स्वामित्व बर्तमान सरकार पनि लिनपर्ने र सरकारले सो सहमति कार्यान्वन नगरे संसदमा समेत आवाज उठाउने सहमति भएको छ ।

यसैगरी , सो भेटवार्तामा नेता कुर्सि र सत्ता केन्द्रित भएकोले राष्ट्र र जनताको मुद्दा आझेलमा परेको निष्कर्ष निकाल्दै मधेशी जनतापनि यसकै कारण प्रताडित हुन् पुगेको निश्कर्ष निकाल्दै आगामी दिनमा सहकार्य गर्ने सहमति समेत भएको बताइएको छ ।

सो भेटवार्तामा देशको राजनीति निकै जटिल मोडमा पुगेको निष्कर्ष निकाल्दै यसको अग्रगामी र दीर्घकालीन समाधानको लागि छलफललाई घनिभूत ढंगले अगाडी बढाउने सहमति समेत भएको बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटना, ९५ जनाको मृत्यु
२०८२ श्रावण ३, शनिबार
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार