श्रावण ३, २०८२ शनिबार July 19, 2025

प्रधानमन्त्री देउवाको प्रस्तावपछि शशांक कोइराला उपप्रधान एवम् स्वास्थ्यमन्त्री बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद विस्तार गर्ने अन्तिम तयारीमा जुटेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि संसदमा विश्वासको मत लिएको एक साता पुग्न लागेपछि देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् । यसको लागि उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि आज छलफल गरेका छन् । यसअघि मन्त्रिपरिषद विस्तारबारे प्रधानमन्त्री देउवाले दाहालसँगै नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमारन नेपालसँग पनि छलफल गरेका छन् ।

माओवादीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामको सूचि देउवाकहाँ पुगिसकेको छ । तर, नेपाल समूहले भने तत्काल सरकारमा सहभागी नहुने जवाफ दिएको छ । नेपाल समूहको ग्रिन–सिग्नल कुरेका प्रधानमन्त्री देउवाले अब भने मन्त्रिपरिषद् विस्तारमा ढिलाई नगर्ने बताउन थालेका छन् । उनले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामसमेत छनौट गरिरहेका छन् ।

हिजोमात्रै उनले महामन्त्री डा. शशांक कोइरालासँग यसबारेमा छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले शशांकलाई नै सरकारमा सहभागी हुन आग्रह गरेका छन् । स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले शशांकलाई उपप्रधान एवम् स्वास्थ्यमन्त्री बन्न प्रस्ताव गरेका छन् । यसमा शशांक सकारात्मक बनेको बुझिएको छ ।

पौडेल समूहबाट क–कसलाई मन्त्री बनाउने भन्नेबारे आन्तरिक छलफल भैरहेको बेलामा सभापति एवम् प्रधानमन्त्री देउवा स्वयमले शशांकलाई सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी हुन गरेको प्रस्तावलाई महत्वका साथ हेरिएको छ । पौडेल समूहबाट चार जनाले मन्त्री बन्न दाबी गरेका छन् । तर, देउवाले कृष्णप्रसाद सिटौलासहित ४ वटा मन्त्रालय दिने भनेका छन् । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार