श्रावण ३, २०८२ शनिबार July 19, 2025

एमालेमा पार्टी एकताका लागि दवाब अभियान शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेका दुवै पक्षका सांसदहरुले पार्टी एकताका लागि दवाब अभियान शुरु गरेका छन् ।

१० बूँदे सहमति कार्यान्वयन गरी पार्टीलाई एकताबद्ध बनाउन विघटित पार्टी एकता कार्यदलका नेताहरुसँग एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले संयुक्त रुपमा दवाव दिन शुरु गरेका हुन् ।

आज सिंहदरवारमा विघटित कार्यदलका संयोजक तथा सदस्यहरुसँग भेट गरी उनीहरुले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउन आफूहरुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पार्टी एकतालाई मजदुत बनाउनका लागि दवाब अभियान शुरु गरिएको सांसद कृष्णप्रसाद दाहालले जानकारी दिए ।

उहाँले भन्नु भयो, “पार्टी एकतालाई मजदुत बनाउनका लागि हामी दवाब दिन्छौं । त्यसका लागि सल्लाह पनि दिनेछौं । विघटित पार्टी एकता कार्यदललाई विश्वास पनि गर्दछौं । शीर्ष तहमा समस्या समाधान भने त्यसलाई पनि मिलाउनुहोस् । हामी तपाईँहरुको साथमा छौं । पार्टीभित्रको समस्या समाधानभन्दा बाहिर, पार्टी एकताभन्दा बाहिर कसैलाई पनि जाने अनुमति छैन । हामी जान दिँदैनौं ।”

सांसदहरुले देश, जनता, राष्ट्र र लोकतन्त्रका लागि पनि एमाले विभावित हुन नहुने तर्क समेत गरेका छन् । उनीहरुले विघटित पार्टी एकता कार्यदलका नेताहरुलाई पार्टी एकताभन्दा बाहिर जाने अनुमति नेताहरुलाई नभएकोमा पनि सचेत गराएका छन ।

छलफलमा विघटित पार्टी एकता कार्यदलका संयोजक तथा सदस्यहरुले १० बुँदे सहमतिको महत्व र त्यसको कार्यान्वयनका आवश्यकताबारे सांसदहरुलाई जानकारी गराएका थिए । १० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीलाई एकतावद्ध बनाउन सांसदहरुले आफूहरुलाई आग्रह गर्नु भएको विघटित कार्य दलका माधव नेपाल पक्षका संयोजक भीम रावलले जानकारी दिए । उनले पार्टी एकतावद्ध हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया पनि दिए ।

बैठकमा विघटित कार्यदलका माधव नेपाल पक्षका संयोजक रावल, अध्यक्ष ओली पक्षका संयोजक सुवास नेम्वाङसहित कार्यदलका सदस्यहरु सहभागी भएका थिए भने दुवै पक्षका २ दर्जन बढी सांसदको पनि उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार