श्रावण ३, २०८२ शनिबार July 19, 2025

पार्टी एकतालाई कसैले रोक्न सक्दैन : नेता ज्ञवाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एमाले) का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन्। उनले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एक ढिक्का भएर अघि बढ्ने बताए ।

प्रेस चौतारी नेपालले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केही व्यक्तिको अहमताले पार्टीलाई कमजोर बनाउने र गठबन्धन सरकारसँग सहयात्रा गर्दै पार्टी प्रणालीलाई नै कमजोर बनाउने खेल खेलेको टिप्पणी गरे।

नेता ज्ञवालीले अस्वभाविक गठबन्धनबाट निर्माण भएको वर्तमान सरकार निर्माण हुनुमा पनि एमालेभित्रका केही ठुला नेताको मुख्य भूमिका रहेको बताए । ‘केही साथी पार्टीमा नबस्न सक्नुहुन्छ, उहाँहरुका अभिव्यक्तिका कारण यति पर पुगिसक्नु भएको छ कि , खाना खाँदा पानी खाने ठाउँ पनि बाँकी राख्नुभएको छैन’, ज्ञवालीले भने।

उनले विगतका सबै कमी कमजोरीलाई बिर्सेर पार्टी एक ढिक्का भई अघि बढ्ने जिकिर गरे । एमाले सत्तामा बस्नु र प्रतिपक्षमा बस्नु कुनै ठुलो कुरा र नौलो विषय नभएको उल्लेख गर्दै उनले खेलको नियममा रेफ्रिले निष्पक्ष रुपमा फैसला गरेन भने त्यसले विवाद सिर्जना गर्ने भन्दै नेता ज्ञवालीले बताए ।

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष स्वर्गीय अशोककुमार थापाको निधनमा श्रद्धाञ्जली एवं समवेदना दिन शनिवार गृह जिल्ला पुगेका ज्ञवालीले आजै एमाले पार्टी कार्यालयमा यहाँका नेता तथा कार्यकर्तालाई पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार