काठमाडौंः नेपाली काँग्रेसको पदाधिकारी बैठक शुरु भएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको निजी निवाश बुढानिलकण्ठमा केही बेर अघि शुरु भएको हो ।
मंगलबार बिहान साँढे १० बजेदेखी शुरु भएको बैठकमा सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीहरुको नामवली चयन, महाधिवेशनको कार्यातालिका तथा क्रियाशील सदस्यता छानविनका विषयमा छलफल भइरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, उपसभापति बिजय कुमार गच्छदार, गृहमन्त्री बालकृष्ण खाँण, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसि, डा. मिलेन्द्र रिजाल, बिमलेन्द्र निधि, डा. शशांक कोइराला, डा. राम शरण महत, कृष्णप्रसाद पौडेल, गोपालमान श्रेष्ठ , कृष्णप्रसाद सिटौला विश्व प्रकाश शर्मा र नारायण खडका लगायत डेढ दर्जन नेताहरुको उपस्थिति रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया