काठमाण्डौंः जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । निर्वाचन आयोगले जसपाको आधिकारिकता दिएपछि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका हुन् ।
मंगलबार आज दिउँसो दुई बजे पार्टी कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकमा पार्टीको आगामी रणनीति, सरकारमा सहभागीता लगायतका विषयमा छलफल हुने बताइएको छ ।
निर्वाचन आयोगले वैधता नदिएपछी चिढिएको जसपाको अर्का अध्यक्ष महन्थ ठाकुर समुह भने उपेन्द्र यादव समुहले आज बोलाएको बैठकमा सहभागी नहुने भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया