श्रावण २, २०८२ शुक्रबार July 18, 2025

दूरसञ्चार क्षेत्रका ५ कम्पनीको आईपीओ आउदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यतिबेला शेयर बजार उत्कर्षमा पुगेको छ । त्यहीअनुसार बजारमा लगानी गर्नेको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । नयाँ कम्पनीहरू पनि प्राथमिक शेयर (आईपीओ) जारी गरी कम्पनीमा सार्वजनिक लगानी भित्र्याउन जुटिरहेका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा मात्रै ३२ कम्पनी प्राइभेटबाट पब्लिक कम्पनीको रुपमा रूपान्तरण भएका छन् । त्यसमध्ये सूचना प्रविधि क्षेत्रका कूल ५ कम्पनीले स्वामित्व परिवर्तन गराएका छन् ।

जसमा निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल आजियाटा, इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन, सुबिसु केवल नेट, लुप नेटवर्क र एसटीसी कार्ड सेवाप्रदायक कम्पनी स्मार्ट टेक्नोलोजिज रहेका छन् ।

यसरी स्वामित्व परिवर्तन गराएका सबै कम्पनीले साधारण शेयर जारी गर्छन भन्ने चाँहि पक्कै होइन । तर, पब्लिक कम्पनीको रुपमा दर्ता भएका कम्पनीले साधारण शेयर जारी गर्नसक्ने सम्भावना भने रहन्छ ।

कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार पाँच करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरू पब्लिकमा जानुपर्ने व्यवस्था छ ।

त्यसैका आधारमा एनसेल, वर्ल्डलिङ्क, सुबिसुजस्ता सेवाप्रदायक स्वामित्व परिवर्तन गरी पब्लिक कम्पनी भएका हुन् । एनसेल अघिल्लो साउन १९ गतेबाट पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो । कम्पनीले हालसम्म साधारण शेयर जारी गर्ने विषयमा भने कुनै आधिकारिक जानकारी भने दिएको छैन ।

त्यस्तै देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले सर्वसाधारणमा शेयर जारी गर्ने विषयमा यसअघि नै जानकारी दिइसकेको छ । कम्पनीको २५ औं वार्षिकोत्सवको अवसरमा कम्पनीका अध्यक्ष दीलिप अग्रवालले अबको तीन वर्षमा कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्ने जानकारी दिएका थिए ।

अर्को इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु पनि ७ महिना अघिमात्रै पब्लिक कम्पनीमा परिणत भएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय साउदका अनुसार तत्कालै आईपीओ जारी गर्ने योजना नभएपनि अन्ततः यसको उद्देश्य त्यही नै भएको बताए ।

‘अझै केही वर्ष आईपीओ जारी गर्ने विषयमा कुनै तयारी छैन,’ उनले भने, ‘तर, भविष्य भनेको त्यही नै हो । त्यसका लागि आवश्यक काम विस्तारै अघि बढ्नेछ ।’ टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार