श्रावण २, २०८२ शुक्रबार July 18, 2025

राजस्व सङ्कलन ३३ प्रतिशतले वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल प्रहरीले कानूनविपरीतका क्रियाकलापविरुद्धको कारवाहीबाट आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आवमा ३३ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा रु दुई अर्ब १७ करोड राजस्व सङ्कलन गरेकामा गत आवमा रु दुई अर्ब ९० करोड सङ्कलन भएको छ । यो अघिल्लो वर्षको तुलनामा ३३ दशमलव ६४ प्रतिशतले वृद्धि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको सक्रियताका कारण राजस्व सङ्कलनमा वृद्धि भएको जानकारी दिए । उनका अनुसार चाँदी बरामदबाट भने १०० प्रतिशत नै बढी राजस्व सङ्कलन भएको छ । अवैध मुद्रावापत झण्डै ७०० प्रतिशतले राजस्व सङ्कलन वृद्धि भएको प्रवक्ता कुँवरले जानकारी दिए ।

यसैगरी सुन बरामदबाट ३३ दशमलव ७५ प्रतिशतले राजस्व सङ्कलन बढेको छ । ट्रफिक कारवाहीमा समेत ३० दशमलव ७६ प्रतिशतले बढेको छ । अवैध सुन बरामदबाट प्रहरीले अघिल्लो वर्ष रु २० करोड ३० लाख राजस्व सङ्कलन गरेकामा गत वर्ष रु २७ करोड १५ लाख सङ्कलन गरेको छ । अवैध मुद्रामा अघिल्लो वर्ष ९९ लाख राजस्व सङ्कलन गरेकामा गत आर्थिक वर्षमा  रु ७ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

यस्तै गत आर्थिक वर्षमा अवैध सामान बरामदबाट रु ८५ करोड राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरीतर्फ गत आर्थिक वर्ष रु २८ अर्ब ३६ करोड बजेट विनियोजन भएकामा राजस्व सङ्कलन सहायताका आधारमा १० दशमलव २५ प्रतिशत योगदान प्रहरी कारवाहीबाट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार