श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अनुमति नपाए पनि फुटसल सञ्चालन गर्ने व्यवसायीको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फुटसल व्यवसायीको छाता सङ्गठन नेपाल फुटसल व्यवसायी सङ्घले फुटसल पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण गत वैशाखदेखि बन्द रहेको फुटसल सञ्चालन गर्ने सङ्घले निर्णय गरेको हो ।

सङ्घले एक विज्ञप्ति जारी गर्दै कोभिड-१९ का कारण निषेधाज्ञा जारी भएसँगै बन्द गर्नुपरेको फुटसल खोल्ने निर्णय गरेको जानकारी गराएको हो ।

सङ्घका अध्यक्ष राज महर्जन र महासचिव मदन कोइरालाले संयुक्तरुपमा जारी गर्नुभएको विज्ञप्तिमा निषेधाज्ञा खुकुलो बनाएको अवस्थामा सावधानी अपनाई खेल सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयसमक्ष अनुमति मागे पनि नपाएको उल्लेख छ ।

सानो समूहमा खेल सञ्चालन गर्ने, प्रतियोगिता नगर्ने, खेलाडीले सबै मापदण्ड अनिवार्य अपनाउने, साबुन पानीले हात धुने, शौचालयलगायत फुटसल सञ्चालन गरिएको क्षेत्रलाई कीटाणुरहित बनाउने, मास्क र स्यानिटाइजरको व्यवस्था गर्नेलगायत सङ्घले प्रतिबद्धता जनाएको छ ।

जिल्ला प्रशासनले उदासिनता देखाएपछि बाध्य भएर सावधानी अपनाई फुटसल सञ्चालन गर्ने निणर्यमा सङ्घ पुगेको विज्ञप्तिमा उल्लेख छ । सरकारले होटल, रेष्टुराँ, सार्वजनिक यातायातलगायत भिडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरे पनि समूहमा खेलिने खेलमा भने प्रतिबन्ध नै लगाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार