श्रावण २, २०८२ शुक्रबार July 18, 2025

मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ खुलेको दुई दिनमै साँढे ११ लाखभन्दा बढीको आवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओमा दोस्रो दिनसम्ममा साढे ११ लाखभन्दा बढीले आवेदन दिएका छन्।

विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका अनुसार शुक्रवार साँझ ५ बजेसम्ममा उक्त कम्पनीको आईपीओमा ११ लाख ५८ हजार ५८५ जना आबेदकबाट १ अर्ब ६० करोड ५७ लाख ३४ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ३४० कित्ता शेयर खरीदको लागि आवेदन परेको हो।

कम्पनीले बिहीवारदेखि सर्वसाधारणका लागि रू. ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको आईपीओ विक्री खुला गरेको हो । उक्त मूल्य बराबरको प्रतिकित्ता रू. १०० अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ कम्पनीले विक्री गर्न लागेका हो ।

सर्वसाधारणका लागि विक्री गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता भने कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको हो ।

मागभन्दा बढी आवेदन पहिलो दिनमै परिसकेकाले यो आईपीओ छिटोमा साउन १८ गतेसम्म मात्र विक्रीमा रहनेछ । आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार