असार २९, २०८२ आइतबार July 13, 2025

क्यूआर कोडसहितको कोरोना खोप प्रमाणीकरण कार्ड लागू गर्न प्रधानमन्त्रीको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री शेरबहादुर देउवाले क्यूआर कोडसहितको कोरोना खोप प्रमाणीकरण कार्ड लागू गर्न निर्देशन दिनुभएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन निर्देशन दिनुभएको हो ।

कतिपय मुलुकमा कागजी प्रमाणीकरणलाई मान्यता नदिएकाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन आवश्यक भएको सीसीएमसीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री देउवाले जोड दिनुभयो ।

सहसचिव तथा सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले केही दिनबाट नै खोप प्रमाणीकरण कार्डमा क्यूआर कोड प्रयोगमा ल्याइने जानकारी दिनुभयो । विदेश जाने श्रमिकले टेकुसहितका चार अस्पतालबाट कोरोनाको खोप प्रमाणीकरण कार्ड लिइरहेका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कोभिडको तेस्रो लहर आउनसक्ने आंकलन गरिएको र यसको सफलतापूर्वक व्यवस्थापन गरेर नागरिकको सुरक्षा गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो । उहाँले यो नियमित बैठक भएको र प्रधानमन्त्री देउवा आफैँ उपस्थित भएर कोरोना नियन्त्रणलाई उच्च प्राथमिकता दिनुभएको बताउनुभयो । उहाँले तत्काल लकडाउनमा जाने विषयमा कुनै तयारी नरहेको समेत स्पष्ट पार्नुभयो । उहाँले सरकारी कार्यालयबाट प्रदान गरिने सेवालाई सामाजिक दूरीसाथ व्यवस्थित गर्ने कार्य केही दिनपछि नै गरिने विश्वास व्यक्त गर्नुभयो ।

पुनः स्मार्ट लकडाउन प्रस्ताव

कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले पुनः स्मार्ट लकडाउन गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा मन्त्रालयले यस्तो प्रस्ताव अगाडि सारेको हो ।

सहसचिव तथा सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले कोरोना सङ्क्रमण बढ्दै गएको परिस्थितिमा पुनः ‘स्मार्ट लकडाउन’मा जानुपर्ने प्रस्ताव आए पनि त्यस सम्बन्धमा कुनै निर्णय नभएको जानकारी दिनुभयो । उहाँका अनुसार, मुलुकभर एकै खालको बन्दाबन्दी नगरी सङ्क्रमणका आधारमा क्षेत्र विभाजन गरी स्मार्ट बन्दाबन्दीमा जानुपर्ने सुझाव प्राप्त भएको छ ।

सोहीअनुसार जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले प्रभावित स्थानमा मात्र ‘स्मार्ट लकडाउन’ गर्न सक्ने भएका छन् । सो अवधारणाअनुसार एमसीसीको बैठकले टुङ्गो लगाइने प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार