असार २९, २०८२ आइतबार July 13, 2025

कर र कमिसनले मूल्य दोब्बर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पेट्रोलियम पदार्थको मूल्य बढ्ने क्रम रोकिएको छैन । विभिन्न किसिमका कर र कमिसन, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि र नेपाली मुद्राको बढ्दो अवमूल्यनले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ ।

मूल्य वृद्धिसँगै नेपाल आयल निगमको घाटा पनि बढिरहेको छ । प्रतिलिटर १२८ रुपियाँ पुगेको पेट्रोलको मूल्य कम्तीमा १४० सम्म पुग्ने अनुमान गरिएको छ । नेपाल आयल निगमलाई प्राप्त पछिल्लो मूल्यसूचीअनुसार १५ दिनमा कुल एक अर्ब २१ करोड रुपियाँ घाटा भएको छ । पेट्रोलमा प्रतिलिटर १० रुपियाँ, डिजेलमा प्रतिलिटर पाँच रुपियाँ र एलपी ग्यासमा प्रतिलिटर ४४२ रुपियाँ घाटा भइरहेको निगमका प्रवक्ता विमितमणि उपाध्यायले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७५ अमेरिकी डलर पुगेको छ ।

पेट्रोल डिजलमा खरिद मूल्यभन्दा बढी कर उठाइएको छ । पेट्रोलियम पदार्थको कर र कमिसनका कारणले पनि उपभोक्ता दोब्बर मूल्य तिर्न बाध्य छन् भने निगम घाटा बेहोर्न बाध्य छ । निगमले प्रतिलिटर ६९ रुपियाँ ८५ पैसामा पेट्रोल खरिद गरेर १२८ रुपियाँमा बिक्री गरेको छ तर पेट्रोलबाट हाल प्रतिलिटर १० रुपियाँ घाटा भइरहेको प्रवक्ता उपाध्यायको भनाइ छ । निगमले डिजेल प्रतिलिटर ६४ रुपियाँ ६० पैसामा खरिद गरी १११ रुपियाँमा बिक्री गर्छ ।खरिद गरिएको पेट्रोलियम पदार्थमा विभिन्न कर तथा कमिसन जोडिएका छन् । निगमले आफ्नो प्रशासनिक खर्च भनेर प्रतिलिटर ६० पैसा उठाउँछ । ढुवानी भाडाबापत प्रतिलिटर चार रुपियाँ ५७पैसा लिइन्छ । पम्पहरूलाई कमिसन प्रतिलिटर तीन रुपियाँ ३९ पैसा पेट्रोल र प्रतिलिटर तीन रुपियाँ १२ पैसा डिजेलमा दिइन्छ । पूर्वाधार विकास कर प्रतिलिटर १० रुपियाँ लिइन्छ ।

वातावरण प्रदूषण कर प्रतिलिटर एक रुपियाँ ५० पैसा उठाइएको छ । साथै भन्सार शुल्क, सडक मर्मत, आयकर, बैङ्कको ब्याजलगायतका सवाल पनि यसैमा समेटिएको छ । जसका कारण दोब्बर मूल्य तिर्न उपभोक्ता बाध्य छन् । प्रवक्ता उपाध्याय भन्नुहुन्छ, “निगम खरिद गर्ने र बिक्री गर्ने निकाय मात्र हो, सरकारले तोकेको मूल्य र करअनुसार निगमले बेच्ने हो । ” निगमका अनुसार पेट्रोलिय पदार्थमा घाटा बेहोर्नुको अर्को कारण एलपी ग्यास हो । निगमलाई हाल एलपी ग्यासबाट प्रतिसिलिन्डर ४४२ रुपियाँ घाटा भइरहेको छ । एलपी ग्यास प्रतिसिलिन्डर एक हजार २८८ रुपियाँमा खरिद गरी एक हजार ४२५ रुपियाँमा बिक्री गरिन्छ ।

हवाई इन्धन र मट्टीतेलमा भने घाटा छैन तर हाल मट्टीतेल र हवाई इन्धनको कारोबार नभएकोले पनि घाटा बढिरहेको निगमले जनाएको छ । प्रवक्ता उपाध्यायले भन्नुभयो, “अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढेको छ । बढेर आएको मूल्य सर्लक्कै वृद्धि गरिएको छैन । कर, कमिसन र शुल्कहरूले पनि प्रभाव पारिरहेको छ । २०७७ सालमा नाफामा गएको निगम त्यसपछि निरन्तर घाटामा गइरहेको छ । हवाई इन्धनमा सामान्य नाफा छ तर कोरोनाले गर्दा बिक्री छैन । ”निगमका अनुसार १५ दिनमा डिजेलमा करिब ३७ करोड रुपियाँ, पेट्रोलमा २४ करोड रुपियाँ र एलपी ग्यासमा ६६ करोड रुपियाँ घाटा छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार