श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सत्ता गठबन्धन कार्यदलको बैठक प्रधानमन्त्री निवाशमा जारी – साझा कार्यक्रमका विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी हुनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभएको छ ।

गत साउन ३ बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्नुभएको थियो । त्यसयता सरकारले मन्त्रीपरिषद् विस्तारलाई यथासक्दो चाँडो पूर्णता दिन जोड दिदै आएको छ । आजको बैठकमा मन्त्रीपरिषद् विस्तारभन्दा पनि समसामयिक राजनीतिक तथा कार्यदलको न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल केन्द्रीकृत रहेको स्वकीय सचिव देउवाको भनाइ छ ।

कार्यदलमा सत्तारुढ गठबन्धनका तर्फबाट काँगेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा नेता डा मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहनुभएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भने यस कार्यदलमा रहनुभएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार