श्रावण २, २०८२ शुक्रबार July 18, 2025

जुम्ला विमानस्थल स्तरोन्नतिमा ढिलाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सदरमुकाम खलङ्गा बजारस्थित जुम्ला विमानस्थालको स्तरोन्नति हुन नसक्दा जहाज अवतरणमा समस्या भएको छ । स्तरोन्नतिका लागि बनाइएको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) पनि अलपत्र छ । दुई वर्ष पहिले नागरिक उड्ययन प्राधिकरण र बुद्ध एयरले डिपिआर बनाए पनि अहिलेसम्म त्यसलाई कार्यान्वयनमा ल्याइएको छैन ।

डिपिआरमा विमानस्थल स्तरोन्ततिका लागि रु एक करोड भन्दाबढीको लागत अनुमान गरिएको थियो तर प्राधिकरणले यसमा चासो नदिएको स्थानीयवासी बताउँछन् । तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले ४० सिट क्षमताको जहाज अवतरण गर्न मिल्ने गरी विमानस्थल बनाउने बचन दिनुभएकामा उहाँको निधन पछि कसैको पनि ध्यान पुगेको छैन । साँघुरो धावनमार्गका कारण विमानस्थलमा जहाज अवतरणमा समस्या भइरहेको छ ।

विसं २०७५ जेठ २६ मा तारा एयरको जहाज जुम्ला विमानस्थलकै धावनमार्गमा दुर्घटनामा परे पनि मानवीय क्षति भने हुन पाएन । त्यसैबेला विमानस्थल स्तरोन्नतिका लागि पहल भएको र प्राधिकरणको टोली पनि पटक–पटक जुम्ला पुगेर फर्के पनि कुनै काम भएको छैन । नेपालगञ्जदेखि जुम्लामा दैनिक न्यूनतम तीनदेखि पाँचवटा उडान हुने गरेको छ । साँघुरो धावनमार्गमा जोखिम मोलेरै भए पनि चालकले उडान भर्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

तारा एयरका पाइलट प्रभाकर घिमिरे धावनमार्ग जति लामो भयो उति नै सुरक्षित र भरपर्दो हुने बताउनुहुन्छ, तर जुम्लालगायत हिमाली जिल्लाका धावनमार्ग धेरै लामा छैनन् । जोमिखका बीच पनि उडान तथा अवरतण गर्नुपर्ने बाध्यता भएको उहाँको भनाइ छ ।

यात्रुको चापलाई मध्यनजर गर्दा ठूलो जहाजकोे आवश्यकता परेको र त्यसका लागि विमानस्थलको स्तरवृद्धि आवश्यक भएको विमानस्थलका प्रमुख प्रकाश शर्मा बताउनुहुन्छ । हाल जुम्लालगायत डोल्पा, मुगु र हुम्लामा १८ सिटे जहाज सञ्चालमा छन् । कर्णालीका अन्य जिल्लामध्ये जुम्लामा यात्रुको चाप अत्यधिक हुँदा धेरैले टिकट नपाउने समस्या भएका कारण विमानस्थलको स्तरोन्नति गरेर ठूला जहाज सञ्चालनको आवश्यकता भएको रहेको उहाँको भनाइ छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा दुई वर्ष पहिले नै डिपिआर तयार भए पनि प्राधिकरण र बुद्ध एयरले अहिलेसम्म चासो नदिएको गुनासो गर्नुहुन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
२०८२ श्रावण २, शुक्रबार
काठमाडौंमा डेङ्गु संक्रमण बढ्दै
२०८२ श्रावण २, शुक्रबार