असार २९, २०८२ आइतबार July 13, 2025

मेलम्ची बाढीको कारण खोज्न पहिरोको मुहानमै अध्ययन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः करिव दुई महिनादेखि बाढी–पहिरोबाट ग्रस्त सिन्धुपालचोकको मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययन गर्न भूगर्भविद्को टोली आज त्यसतर्फ जाँदैछ ।

खानी विभागका सिनियर डिभिजनल भूर्गभविद् शिवकुमार बास्कोटाका अनुसार मौसममा समस्या नआए आज जाने तयारी छ । प्राविधिक टोलीले बाढी र पहिरोको कारणबारे विस्तृत अध्ययन गर्ने छ ।

बाढी अर्थात लेदो बगेको मुहानमै चार दिन बसेर अध्ययन गरिने भूर्गभविद् बास्कोटाले बताए ।अध्ययनको लागि चाहिने उपकरणहरुका साथै डोनमार्फत त्यस क्षेत्रको अवस्थाको निरीक्षण हेरिने छ । त्यस क्षेत्रको मुहानमा पाल टाँगेर बस्ने योजना टोलीले बनाएको छ ।

सिन्धुपाल्चोकको भेमाथानको माथि नै बसेर अध्ययन गर्ने कार्यक्रम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रसाद अर्यालले बताए ।

स्थलगत अध्ययन पछि कसरी, के कारणले बाढी पहिरो आयो भन्नेबारे थाहा हुने अर्यालले बताए । यसअघि पनि विभिन्न सरोकारवाला निकायका टोलीले त्यसतर्फ स्थलगत अवलोकन गरिसकेको भएपनि व्यबस्थित अध्ययन हुन भने सकेको छैन् ।

अध्ययन पछि लेदो बग्नुको कारण र त्यस क्षेत्रका आगामी दिनको हुने जोखिम बारे थाहा हन सक्ने छ । मेलम्चीमा आएको बाढीका कारण त्यस क्षेत्रमा जनधनको ठुलो नोक्सानी भएको छ ।

खानी विभागका सिनियर डिभिजनल भूर्गभविद् शिवकुमार बास्कोटाको संयोजकत्वमा अध्ययन टोली त्यस तर्फ जान लागेको हो ।

उक्त टोलीमा विभागका अर्का भूगर्भविद् गौतम खनाल र प्राकृतिक विपत् जोखिम न्यूनीकरण तथा व्यावस्थापन प्राधिकरणका तीन जना रहेका छन । मेलम्चीमा बाढी र लेदो बग्न नरोकिए पछि त्यस क्षेत्रका बस्तीमा परेको जोखिम अझै टरेको छैन । -गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार