असार २९, २०८२ आइतबार July 13, 2025

‘२३ भदौपछि कांग्रेसको वैधानिकता समाप्त’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी २३ भदौपछि पार्टी केन्द्रीय कार्यसमितिको वैधता समाप्त हुने दाबी गरेका छन् । कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित निवासमा बिहीबार भएको आफू पक्षीय बैठकपछि पौडेलले संविधानअनुसार २३ भदौसम्म मात्रै कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको वैधानिकता हुने र त्यसपछि सकिने दाबी गरेका हुन् ।

‘संविधानअनुसार पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन हुनैपर्छ, नगर्ने हो भने २३ भदौपछि केन्द्रीय कार्यसमितिको वैधानिकता सकिन्छ,’ बैठकपछि पौडेलले सञ्चारकर्मीसँग भने, ‘त्यो मितिभित्रै जसरी पनि महाधिवेशन गरौं ।’ कांग्रेसभित्र हाल महाधिवेशन विषय क्रियाशील सदस्यतामा आएर अड्किएको छ ।

पुराना क्रियाशील सदस्यता विषय टुंगिए पनि नयाँका हकमा भने ६ जिल्लामा धेरै विवाद देखिएको छ । बारा र सप्तरी, धनुषा, सर्लाही, सिन्धुपाल्चोक र रसुवामा विवाद छ । पौडेल पक्षले ती जिल्लामा विवाद कायम रहे पुरानै १३औं महाधिवेशनकै सदस्यबाट भए पनि अधिवेशन अघि बढाउनुपर्ने बताउँदै आएको छ ।

सो विषयमा बुधबार नेता पौडेलसहितका उनीपक्षीय नेताले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षसमेत गराएका थिए । बिहीबारको छलफलमा भने पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल र बलबहादुर केसी सहभागी थिए । -राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार