श्रावण ३, २०८२ शनिबार July 19, 2025

ठगेरै अर्वपति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: दोलखा पवटीका दिनेश कोइराला फेरि पक्राउ परेका छन् । ठगीलाई पेसाजस्तै बनाएका उनको अवैध सम्पत्ति एक अर्बभन्दा बढी रहेको प्रहरीको अनुमान छ।

मोरङको कानेपोखरीबाट ठगी धन्दा सुरु गरेका कोइरालाले पूर्वका सुनसरी, झापा, मोरङ, इलाम र पाँचथरका बासिन्दाबाट करोडौं ठगेको पाइएको छ ।

कानेपोखरीका उमेश घले गुरुङलाई उनकै जग्गामा कृषि फर्म खोल्ने भन्दै कोइरालाले डेढ करोड रुपैयाँ ठगी गरे। धिमाल अहिले सुकुम्बासीजस्तै बनेका छन् । एक बिघा ८ कठ्ठा जमिन धितो राखेर कोइरालाले १७ लाख रुपैयाँ झिके । उनले पैसा फिर्ता गरेनन्। बैंकले जग्गा लिलामी गर्‍यो।

इटहरीकी लक्ष्मी भट्टराईलाई उनले ६ वर्षअघि आमा बनाए। कोइरालाले भट्टराईलाई ठग्न माइलो छोराको नाता लगाए। बेलाबेला भेट्न पुग्ने उनले भट्टराईलाई महँगो गिफ्टसमेत पुर्‍याउँथे। प्रशस्त जग्गा–जमिन र राम्रै घर भएकी भट्टराईको घरजग्गा धितो राखेर कोइरालाले ५० लाख रुपैयाँ झिके । पाँच वर्षलाई भनेर झिकिएको पैसा भट्टराईले फिर्ता पाउनु त परै जाओस् उनले सम्पर्कसमेत गर्न पाइनन्। कोइरालाले ललितपुरस्थित फिरोज बाराही सहकारीलाई डुबाएका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार कोइरालाले उर्लाबारीका कृष्ण धमालबाट डेढ करोढ, शिवलाल पुरीबाट ९९ लाख, इटहरी सुनसरीका चेतराज भट्टराईबाट पाँच लाख, राजघाटकी रीता मगरबाट दुई करोड, दिया धिमालबाट दुई करोड, दुर्गा धिमालबाट ४० लाख, झापाका सोले धिमालबाट ५० लाख रुपैयाँ ठगी गरेको पाइएको छ। ‘कोइरालाले ठगी गरेको रकम जोड्दा मात्रै एक अर्बभन्दा बढी हुन आउँछ। उनले सम्पत्ति कहाँ लुकाए हामी खोज्दै छौं’, महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले भने, ‘कोइराला ठगेरै अर्बपति बनेको अनुमान छ। ’नागरिक दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार