असार २९, २०८२ आइतबार July 13, 2025

नरम बन्दै नेपालः अझै भेटिएन मिलनबिन्दु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूले उठाएका प्रतिनिधिसभा पुनस्थापनालगायत महत्वपूर्ण राष्ट्रिय अजेन्डा स्थापित गर्न सफलता हासिल गरे पनि पार्टीको आन्तरिक विवादलाई भने जित्न सकेका छैनन्। प्रतिनिधिसभा पुनःस्थापना भए पनि फागुन २८ पछि निरन्तर पार्टीभित्र आन्तरिक संघर्षमा रहेका उनी विवाद निरूपणमा भने सशक्त रूपमा उत्रिन सकेका छैनन्।

पार्टीको आन्तरिक विवाद निरूपण गर्न आफूनिकट नेताहरूसँग निरन्तर छलफल चलाइरहेका नेता नेपालले अध्यक्ष केपी शर्मा ओली पक्षसँग परोक्ष रूपमा संवाद प्रक्रिया पनि अघि बढाएका छन्। तर अझै मिलनबिन्दु भेटिएको छैन। पार्टी विवाद मत्थर नभएसम्म संघर्ष गर्नुको विकल्प पनि उनीसँग छैन। नेपाल पक्षीय अधिकांश स्थायी तथा केन्द्रीय कमिटी सदस्यले उनलाई पार्टीभित्रै संघर्ष गर्न सुझाएका छन्। सुझावप्रति नेपाल लचिलो देखिएका छन्।

ओली अहिले राष्ट्रिय अजेन्डामा कमजोर भएको र त्यसमा आफ्नो पक्षको जित भएको दाबीसहित नेपाल पक्षधर केन्द्रीय सदस्यले अन्तिम अवस्थासम्म पनि सम्मानजनक एकताको पक्षमा उभिनुपर्ने बताएका छन्। बिहीबार र शुक्रबार चलेको केन्द्रीय कमिटी बैठकमा अधिकांश सदस्यले पार्टीभित्र सम्मानजनक एकताको मत राख्नुपर्ने बताएपछि वरिष्ठ नेता नेपालले सम्बोधनका क्रममा आफू निकै जिम्मेवार भएको उल्लेख गर्दै केन्द्रीय सदस्य तथा अन्य नेताहरूलाई पनि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए। उनले त्यसक्रममा संयमित भएर अभिव्यक्ति दिन पनि सबै नेतालाई आग्रह गरेका थिए। उनले अध्यक्ष ओली सुध्रनेवाला नभए पनि अन्तिम अवस्थासम्म पार्टी एकताकै पक्षमा रहने बताएका थिए।

‘हामीले आलोचना गर्दा संयमित र जिम्मेवार बन्नुपर्छ। दक्षिणपन्थी विचारविरुद्ध हामीले संघर्ष गर्दै आएका छौं। यसका लागि हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,’ वरिष्ठ नेता नेपालले बैठकमा राखेको भनाइ उद्धृत गर्दै नेता रघुजी पन्तले भने, ‘केपी ओलीले मलाई अहिले जति गाली गरे पनि म पार्टी एकता होस् भन्ने पक्षमै छु। एकताका लागि मेरो प्रयत्न जारी छ, जारी रहनेछ।’ नेपाल पक्षका नेताहरूले एकताको टुंगो नलाग्दासम्म ओली पक्षद्वारा अघि सारिएका संगठन निर्माणका काम रोक्नुपर्नेमा जोड दिएका छन्। तर ओली पक्षका नेता एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले संगठन निर्माण र पार्टी गतिविधि रोक्न नमिल्ने बताइसकेका छन्।

ओली पक्षले केन्द्रीय कमिटीको बैठक रोक्न अस्वीकार गरिरहेका बेला वरिष्ठ नेता नेपालले पार्टी एकताको विषय आफ्नो एक्लो प्रयासले मात्रै सम्भव नहुने अभिव्यक्तिसमेत दिएका छन्। शनिबार एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो चाहना पार्टी विभाजन होस् भन्ने नरहेको तर आफूले मात्रै सो प्रयास गरेर सम्भव नहुने देखिएको बताएका हुन्। आफू पक्षका केन्द्रीय सदस्यहरूले पार्टीभित्रै अन्तरसंघर्ष गर्नुपर्नेमा जोड दिइरहेका बेला नेपालको यो अभिव्यक्तिले उनी नरम बन्दै गएको संकेत गर्छ। -नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार