असार २९, २०८२ आइतबार July 13, 2025

साउन २५ र २६ अस्ट्राजेनेका खोप लगाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई साउन २५ र २६ गते खोप दिने भएको छ । मन्त्रालयले कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई अस्ट्राजेनेका खोप दिन लागेको हो ।

जापानले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराउने भनेको १६ लाखमध्ये ५ लाख डोज खोप शनिवार काठमाडौं आइपुगेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ५ लाख १३ हजार ४२० खोप प्राप्त भएको जानकारी गराउँदै आइतवार थप ५ लाख खोप आइपुग्ने बताएका छन् ।

सोमवारदेखि हाल खोप उपलब्ध गराइरहेका खोप केन्द्रबाट कोभिशिल्ड लगाएका ६५ वर्षभन्दा माथिका नागरिकलाई लगाउने निर्णय गरिएको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप केन्द्रका प्रमुख झलक शर्मा गौतमले जानकारी दिए । सरकारले गतवर्ष फागुन २३ देखि चैत ३ गतेसमम ६५ वर्षमाथिका वृद्धलाई कोभिशिल्ड खोप लगाएको थियो । उनले अस्ट्राजेनेका र कोभिशिल्ड फरक ठाउँमा उत्पादन भएपनि दुवै खोप एकै प्रकृतिको भएको बताउँदै उक्त खोप दिन लागिएको बताए ।

‘कोभिशिल्ड पनि अस्ट्राजेनेकाकै सूत्रमा बनेको खोप हो, अस्ट्राजेनेका खोप लगाउँदा यसले प्रभावकारिता बुस्ट गर्छ,’ उनले भने । आइतवार पनि जापानबाट खोप आउन लागेको जानकारी गराउँदै उनले आगामी सातासम्ममा १६ लाख नै खोप आइपुग्ने बताए । – आर्थिक अभियान दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार