असार २९, २०८२ आइतबार July 13, 2025

तातोपानी नाकाबाट व्यापार सहज बनाउन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल र चीनबीचको तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीहरूले माग राखेका छन् । शनिवार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीले नाका पूर्णरूपले सञ्चालनमा ल्याउनुपर्ने माग राखेका हुन् ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघले प्रधानमन्त्री देउवालाई बुझाएको ज्ञापनपत्रमा नाका सहज, नियमित र पूर्णरूपमा सञ्चालन हुनुपर्ने माग गरिएको छ । भूकम्पपछि यो नाका अस्थिर रूपमा सञ्चालन भइरहेको छ । संकटग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा आइपरेका अनेकौं विपद्ले निकै समस्या रहेको र नाका सहज रूपमा सञ्चालन नहुँदा व्यापारी, व्यवसायी,सम्बद्ध मजदूर लगायत मारमा परेको भन्दै समाधानको पहल अघि बढाउन व्यवसायीले माग गरेका छन् । राजस्व संकलनमा उल्लेख्य योगदान पु¥याउने उक्त नाका पूर्णरूपले सञ्चालन हुनुपर्ने माग राखिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए ।

नाका अस्थिर हुँदा सयौंको रोजीरोटी गुमेको छ । नाकाबाट कारोबार हुँदा काम गर्ने मजदूर अहिले बिचल्लीमा परेकाले पूर्णरूपले नाका सञ्चालन हुनुपर्ने नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठको भनाइ छ ।

तातोपानी नाकाबाट हुने व्यापारिक कारोबारमा सहजीकरणका साथै विपद् न्यूनीकरणका लागि समेत पहल गरिदिन उद्योग वाणिज्य संघ र सीमापार वाणिज्य संघले अनुरोध प्रधानमन्त्री देउवालाई अनुरोध गरेका छन् । आर्थिक अभियानबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार