असार २९, २०८२ आइतबार July 13, 2025

कांग्रेस महाधिवेशन मंसिरमा: कोरोना संक्रमण बढे फेरि पनि सर्न सक्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि पनि सरेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शनिबार सम्पन्न बैठकले १४औं महाधिवेशन झन्डै तीन महिना सार्ने निर्णय गरेको हो। संवैधानिक सीमाभित्र महाधिवेशन नभए पार्टीको वैधानिकता के हुने भन्ने विवाद जारी रहेकै बेला बैठकले सोही समयलाई टेक्दै वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।

कुनै पनि राजनीतिक दलको पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने भए पनि कुनै विशेष परिस्थितिका कारण हुन नसके थप ६ महिना समय लिन सक्ने संवैधानिक प्रवधान छ। कांग्रेस विधानमा पार्टीको महाधिवेशन प्रत्येक चार वर्षमा हुने उल्लेख छ। कुनै विशेष कारणले महाधिवेशन हुन नसके थप एक वर्ष समय लिन सक्ने जनाइए पनि कांग्रेसले पार्टी विधानले दिएको समय त सकिइसकेको छ नै, संवैधानिक व्यवस्थाअनुसार थपिएको ६ महिना पनि भदौ तेस्रो साता सकिँदैछ।

संस्थापन इतर पक्षले उक्त समयभित्रै महाधिवेशन गर्नुपर्ने, नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आए पनि अन्तिम समयमा भने संवैधानिक सीमाभित्र तल्लो तहको अधिवेशन सुरु गर्ने गरी मंसिरमा महाधिवेशन गर्न राजी भएको हो। नेता रामचन्द्र पौडेलसहित इतर पक्षले महाधिवेशनका लागि जोड गरेको भए पनि संस्थापन पक्ष दसैंअघि नै महाधिवेशन सम्पन्न गर्ने रणनीतिमा थिए। तर, केन्द्रीय समिति बैठकअघि बसेको इतर पक्षको भेलाले मंसिरमा महाधिवेशन गर्न लचकता देखिएपछि केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशन मंसिरको ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो। पछिल्लोपटक सार्वजनिक गरिएको कार्यतालिकाअनुसार कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।

क्रियाशील सदस्यताको अन्तिम नामावली बुझाउने भदौ २ गतेसम्म कार्यतालिका सार्वजनिक गर्दै कांग्रेसले सदस्यताको बा“की विवाद सुल्झाउने जिम्मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखकलाई दिएको छ। २ गते नै नेपाली कांग्रेसको निर्वाचन निर्देशिका बुझाउन भनिएको छ। भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले २७ गते गाउँपालिका र नगरपालिका अधिवेशन गर्ने संशोधित कार्यतालिकामा उल्लेख छ।  आजको नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार