असार २९, २०८२ आइतबार July 13, 2025

अष्टलक्ष्मी र राजेन्द्रलाई ओलीको मुख्यमन्त्री अफर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूह कमजोर बनाउन लागेका छन् । वरिष्ठ नेता नेपालले पार्टीमा फर्कन राखेका कुनै प्रस्ताव स्वीकार नगरेपछि ओलीले गुट कमजोर बनाउने रणनीति अख्तियार गरेका हुन् ।

नेता समूहमा रहेका नेतालाई विभिन्न पदको अफर राख्दै गुट कमजोर बनाउने रणनीति अख्तियार गरिरहेका हुन् ।

ओलीले पछिल्लो पटक बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाल समूहका दुई नेतालाई अफर गरेपछि अल्मल्याउने रणनीति भन्दै नेताहरुलाई सचेत रहन भनेका छन् ।

ओलीले अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव गरेपछि गुट कमजोर बनाउने तर नदिने रणनीति भएको नेताहरुले बताएका छन् ।

बागमती प्रदेशको नीति तथा कार्यक्रम पारित गर्ने बेलामा पाण्डेलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएर मुख्यमन्त्री बन्न प्रस्ताव गरेका थिए ।

पाण्डेले आफूलाई होइन शाक्यलाई बनाउन सुझाए । तर, ओलीले वर्तमान मुख्यमन्त्री डोरमणि पौडेलभन्दा अष्टलक्ष्मी कमजोर रहेको भन्दै पाण्डेलाई नै बन्न सुझाए ।

हो त नी भन्दै मख्ख परेका पाण्डे जब झसंग भए आफूलाई जस्तै शाक्यलाई पनि ओलीले आश्वासन दिएका थिए । शाक्यलाई पनि त्यस्तो भनेको बताएपछि नेपाल समूहका नेताहरूले यस्ता प्रलोभनमा नपर्न सचेत गराएका छन् ।

समूहको केन्द्रीय समिति बैठक र नेताहरूका अनौपचारिक छलफलमा सबैलाई सचेत गराइएको नेता तथा प्रतिनिधि सभा सांसद मेटमणि चौधरीले जानकारी दिए ।

यसअघि ओलीले तत्कालीन नेकपामा विवाद हुँदा तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्वएमालेमा कोही नभएकोले आफूपछिको नेतृत्व लिन भनेका थिए ।

त्यस्तै, वरिष्ठ नेता माधव नेपाललाई पूर्वएमाले एक हुनुपर्ने प्रस्ताव गरेका थिए ।

आफूपछिको नेतृत्व गर्न समेत भनेका थिए । सँगै उपाध्यक्ष वामदेव गौतमलाई प्रचण्ड र नेपालको विश्वास नभएकोले नेतृत्वको लागि तयार हुन भनेका थिए ।

यो प्रसंगलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक सार्वजनिक कार्यक्रममा भन्दै आएका छन् ।

यी सबै उदाहरण दिँदै नेपाल समूहले आउने प्रलोभन नपर्न नेताहरूलाई भनेका छन् । यसअघि ओलीले प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेका थिए । तर, त्यो प्रस्ताव अहिलेसम्म कार्यान्वयन भएको छैन । अभियान टाइम्सबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार