असार २९, २०८२ आइतबार July 13, 2025

इजरायल जानका लागि मागभन्दा ९ गुणा बढी आवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रोजगारीका लागि इजरायल जान माग गरिएको आवेदनमा ९ हजार ६९९ युवाले आवेदन दिएका छन् । यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटा एक हजारको तुलनामा नौ गुणा बढी हो ।

वैदेशिक रोजगार विभागले साउन १२ गते एक हजार केयर गिभरका आवेदन माग गरेकोमा अन्तिम दिन सोमबारसम्म सो संख्यामा आवेदन परेको हो । शैक्षिक योग्यता, अनुभव तथा तालिमलगायतका प्रावधान रहेका कारण अपेक्षाअनुसार आवेदन नपरेको विभागको अनुमान छ ।

विभागले तोकिएको अवधिभित्र परेका आवेदनलाई भदौको दोस्रो हप्तासम्म स्वीकृत गरेर परीक्षा तयारी गरिरहेको विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले बताए । “परेका सबै आवेदनलाई रुजु गरेर स्वीकृत भएकालाई लिखित परीक्षाका लागि योग्य मानिनेछ,” निर्देशक भट्टराईले भने, “मापदण्डअनुसार नपरेका आवेदन अस्वीकृत हुनेछन् ।” विभागले भदौ १५ देखि २२ गतेसम्म स्वीकृत भएका आवेदनका लागि परीक्षा तय हुने जनाएको छ ।

सबै आवेदनलाई म्यानुयल रूपमा हेर्नुपर्ने भएकाले लिखित परीक्षाको मिति भने तय गरिएको छैन । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार