असार २९, २०८२ आइतबार July 13, 2025

जसपाको विभाजनले मधेसमा तरंग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले दल विभाजनसम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेपछि राजनीतिमा आएको तरंगको बाछिटा मधेस राजनीतिमा पनि देखिएको छ । संविधानको धारा ११४ का उपधारा १ बमोजिम राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी दोस्रो अध्यादेश २०७८ बुधबार जारी भएपछि राष्ट्रिय राजनीतिदेखि मधेसको राजनीति समेतमा हलचल पैदा गरिदिएको छ ।

मधेसलाई राजनीतिक आधार क्षेत्र बनाएको जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ। जसपाको अध्यक्षबाट हटाइएका महन्थ ठाकुरले बुधबार जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

अहिले सरकारले पार्टी विभाजन र गठनका लागि सजिलो हुनेगरी राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरेपछि ठाकुर पक्षले नयाँ पार्टी गठन गरेको हो।

जसपा आधिकारिकता विवादमा निर्वाचन आयोगले साउन ११ गते उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि राजनीतिक दलसम्बन्धी ऐनमा भएको प्रावधानका कारण ठाकुर पक्ष नयाँ पार्टी खोल्न पनि नसक्ने र जसपामा पनि बस्न नसक्ने अवस्थामा पुगेको थियो। त्यति बेला नयाँ पार्टी घोषणा गर्नेबित्तिकै उनीहरूको सांसद पद जाने थियो।

यस्तै अप्ठेरो परेका बेला सरकारले दल विभाजन र गठनका लागि सहज हुनेगरी ल्याएको अध्यादेशले ठाकुर पक्षका नेताहरूलाई ठूलो राहत मिल्यो। उनीहरूले बुधबार नयाँ दल गठनका लागि निर्वाचन आयोगमा निवेदन दिए। – नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार