असार २९, २०८२ आइतबार July 13, 2025

प्रभावशाली नेताहरु मन्त्रीका आकांक्षी बनेपछि देउवालाई तीन उपप्रधानमन्त्री बनाउन दबाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले यसै हप्ता मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । उनले मन्त्रिमण्डलमा उपप्रधानमन्त्री नराख्ने अडान लिएका छन् । तर, नेपाली काँग्रेस, नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टीका प्रभावशाली नेताहरु मन्त्रीका आकांक्षी बनेपछि देउवामाथि उपप्रधानमन्त्री बनाउन दबाब परेको छ ।

काँग्रेसबाट पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालालाई सरकारमा लाने तयारी भएको छ । कोइराला परिवारले उनको नाम सारेको छ । विगतमा उपप्रधानमन्त्री भइसकेकी सुजातालाई उपप्रधानमन्त्री बनाउन देउवालाई दबाब छ । सुजातालाई रोक्न पनि उपप्रधानमन्त्री नबनाउने देउवाको रणनीति हुनसक्ने चर्चा छ ।

नेकपा एमाले समाजवादीबाट बामदेव गौतमको नाम अगाडि सारिने भएको छ । गौतमले आज मात्र माधव नेपाललाई साथ दिने घोषणा गरिसकेका छन् । उनलाई सरकारमा पठाउनेबारे माधव नेपाल पनि सकारात्मक भएको बुझिएको छ । तीनपटक उपप्रधानमन्त्री भइसकेका बामदेव मन्त्री मात्र बनेर सरकारमा जाने सम्भावना नहुन सक्छ । त्यसैले पनि देउवामाथि उपप्रधानमन्त्री बनाउने दबाब छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सरकारमा जाने इच्छा गरिरहेका छन् । उनलाई जसपाभित्रैबाट रोक्ने प्रयास भइरहेको छ । त्यसैले जसपाको एउटा पक्षले सरकारमा उपप्रधानमन्त्री नराख्ने सुझाव देउवालाई दिएको छ । तर, काँग्रेस र एमाले समाजवादीबाट उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी जनाएमा यादव पनि उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने सम्भावना छ ।- रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार