काठमाडौं: काठमाडौंमा कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाईने भएको छ । १८ वर्ष भन्दा माथिका कक्षा ११ र १२ का विद्यार्थीले भदौ ४ गतेदेखि भेरोसेल खोपको पहिलो डोज पाउने भएका हुन ।
कक्षा ११ र १२ का र विश्व विद्यालय तहका विद्यार्थीहरुलाई परीक्षाको प्रवेश पत्रका आधारमा खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । खोप अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म विहान ११:०० बजे देखि ४:०० बजे सम्म सञ्चालन हुने छ ।
खोप केन्द्रहरु :
सशस्त्र प्रहरी अस्पताल, बलम्बु
वीरेन्द्र सैनिक अस्पताल, छाउनी
राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
वीर अस्पताल, रत्नपार्क
निजामति कर्मचारी अस्पताल, वानेश्वर
परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
शिक्षण अस्पताल, महाराजगञ्ज
काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र
गोकर्णेश्वर नगरपालिकामा :
बाल सुधार मावि गो.न.पा. २ काठमाडौ
सहयोगि मावि गो.न.पा. ४ काठमाडौ
शान्ति आदर्श मावि गो.न.पा. ५ गोकर्ण काठमाडौ
चामुण्डा मावि गो.न.पा. ६ नारायणटार काठमाडौ
चाल्सडार्विन एकेडेमी गो.न.पा. ६ बञ्जेरटार नयाँ बस्ती काठमाडौ
अरुणेदय मावि गो.न.पा. ९ आरुवारी काठमाडौ – खबर एजुकेशन
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया