असार २९, २०८२ आइतबार July 13, 2025

एमालेमा फर्किन ओलीको आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी)मा लागेका नेताकार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् । एमाले भक्तपुर जिल्ला कमिटीमाले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले समाजवादीको लिस्टमा नाम रहेका नेतालाई त्यहाँबाट आफ्नो नाम हटाएर एमालेमै फर्किन आह्वान गरेका हुन् ।

निर्वाचन आयोगमा नेपालले बुझाएको नामावलीबाट आफ्नो नाम हटाएर एमालेमा फर्किन उनले सार्वजनिक रूपमा आह्वान गरेका हुन् । ‘त्यो लिस्टबाट नाम हटाउनुस् । तपाईं हामीले बनाएको पार्टी हो यो, कसैको व्यक्तिगत स्वार्थ र कुण्ठामा पार्टीलाई बर्बाद पार्नुहुन्न । अप्ठ्यारो नमानी घोषणा गरिदिनुस् । पार्टीमा आउनुस्, काम गरौं । देशको भविष्य बनाउने अभियानमा लागौं,’ ओलीले भने ।

भ्रममा परेकाहरूलाई सम्झाउन पार्टी पंक्तिलाई आह्वान गर्दै उनले भने, ‘साथीहरूलाई भ्रममा नपर्न आग्रह गर्छु । यदि कही कतै भ्रममा परेको, अलमलमा परेको साथी भेटिन्छ भने सम्झाउनुस् ।’ पूर्वप्रधानमन्त्री समेत रहेका एमाले समाजवादीका अध्यक्ष नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएपछि ओली नेपालविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका छन् ।राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार