जेठ ४, २०८१ शुक्रबार May 17, 2024

माधव नेपालको दल दर्तापछि मन्त्रिपरिषद् विस्तार: दाहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपाल नेतृत्वको नयाँ दल दर्ता हुनेबित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

बिहीबार काठमाडौंमा समाजवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । अध्यक्ष दाहालले भने, ‘नयाँ परिस्थिति बनेसँगै प्रधानमन्त्री, माधवजी र मेरो छलफल भएको छ । नयाँ दल दर्ता भएको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् टुंग्याइदिनुपर्छ भन्ने सहमति भएको छ ।’

बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्ष दाहाल र नेपाल बालुवाटार गएका थिए । सो भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको र नेता नेपालको नयाँ दल दर्ता भएलगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको अध्यक्ष दाहालको भनाइ छ ।

यस्तै, अर्को प्रसंगमा उनले पहिलेको सरकारले ल्याएको अध्यादेश र अहिले ल्याएको अध्यादेशमा आकाश र जमिनको फरक रहेको बताए । ‘अहिले ल्याएको अध्यादेशको उद्देश्य गणतन्त्र र लोकतन्त्रको रक्षा गर्नु छ । त्यसैले यी दुइटा अध्यादेशमा फरक छ,’ उनले भने ।

कार्यक्रममा जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेबाट फुटेर माधव नेपालले नेकपा एमाले (समाजवादी) पार्टी दर्ता गरेर देशमा नयाँ समाजवाद ल्याउने प्रयत्न गरेको बताए ।राजधानी देनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया