जेठ ४, २०८१ शुक्रबार May 17, 2024

ओली शैलीमा पौडेलको बिदाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बागमती प्रदेशको पहिलो मुख्यमन्त्री बनेका डोरमणि पौडेलको बिदाई असामान्य देखिएको छ। हेटौंडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री निवासबाट हेटौंडा–११ नवलपुरस्थित निजी निवासमा फर्कंदा देखिएको दृष्य केही रोचक र असान्दर्भिक देखिन्थ्यो।

नेपालकै सबैभन्दा पाको उमेरका मुख्यमन्त्रीबाट धेरैले सादगी, सरलता र असल संस्कार अपेक्षा गरेका थिए। त्यसमाथि कोरोना भाइरस (कोभिड १९)को बढ्दो संक्रमणबीच भेला, गोष्ठी गर्न स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ। तर करिब साढे ३ वर्ष मुख्यमन्त्री भएका ७५ वर्षीय पौडेलको बिदाई र त्यसपछिको उनको भाषणले धेरैलाई निराश बनायो।

नेकपा एमाले अध्यक्षका केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भएपछि बालुवाटारबाट बालकोट जाँदाको झल्को दिनेगरी पौडेल घर पुगेका थिए। मुख्यमन्त्री निवासमा भेला भएका कार्यकर्ताले ‘डीएम बा आई लभ यू, डीएम सर उई लभ यू, हाम्रो नेता कस्तो होस् डीएम सर जस्तो होस्, पार्टी एकता जिन्दावाद, नेकपा एमाले जिन्दावाद’ लगायतका नारा लगाएका थिए। जनताको सेवक नेताले जयजयकार खोज्ने र गर्ने संस्कार एमाले अध्यक्षबाट विस्तारै तल्लो तहसम्म पुग्दै गरेको झल्को पौडेलको बिदाईले झल्काउँथ्यो। ठ्याक्कै ओलीको शैलीको नक्कल, तामझाम र राजर्षी शैलीमा।

नेता, कार्यकर्तासँगै स्थानीय पालिकाका पदाधिकारी, कर्मचारीहरू समेत जनताको काम छाडेर बिदाई लावालस्करमा सहभागी भएका थिए। जसका कारण हेटौंडामा राजमार्गको दायाँ–बायाँ २५/२५ मिटर सडक विस्तारको विपक्षमा उभिएका निवर्तमान मुख्यमन्त्रीको बिदाई हुँदा सवारी आवागमनमा समस्या हुँदा जनताले सास्ती पाएका थिए। पूर्व–पश्चिम राजमार्गको बुद्धचोकदेखी नवलपुरसम्म समेत सडक अस्तव्यस्त हुँदा ट्राफिक प्रहरी मुकदर्शक बनेका थिए।नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
२०८१ जेठ ४, शुक्रबार
न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरीः प्रधानन्यायाधीश श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
२०८१ जेठ ४, शुक्रबार
नेपालको विकासमा रसियाको ठूलो सहयोग छ : परराष्ट्रमन्त्री श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल
२०८१ जेठ ४, शुक्रबार
एक जना पनि विद्यार्थी नभएको जैमिनीको विद्यालयमा चार शिक्षक
२०८१ जेठ ४, शुक्रबार
एलियन बने कार्तिक आर्यन
२०८१ जेठ ४, शुक्रबार